दाना (म्याग्दी) – विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरमा १९ यात्रुको शव फेला पारिएको छ ।
नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भएपनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ । भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिए ।
“शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,” उहाँले भन्नुभयो । दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ । सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ । “तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,” प्रहरी जवान शर्माले भन्नुभयो ।
दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए । आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।
आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए । रासस
- See more at: http://www.ratopati.com/news/33529/#sthash.Xadk784t.dpuf

भिडियो सहित हेर्नुहोस ! !

Advertisement


Dana (MYAGDI) - Dana plane crash in the place of Myagdi VDC 2 1 9 passengers landed at the solighopte bodies have been found.

Name Address incident could be resolved to identify the bodies of two children, was found burnt bodies of other passengers. The aircraft collided and landed completely burned bodies scattered everywhere on the scene arrived at Area Police Office Police Vijay Sharma said Dana.

"The body has struggled to collect the snow," he said. Snow jharisamgai the accident is ongoing rescue helicopter landing for the Nepali army has returned to overtake.

Now the site is active police and local teams. Sanjeev leading a team of Nepal Army fighters an hour to 30 persons camps set up by the law Dana VDC harmema is held. "Instant gorge to find the bodies of state and not the other," Sharma said police.

Dana Young phulakumara Police Post Thapa and local residents found aircraft were out of contact this afternoon. Today morning went to the rescue of the Chief District Officer, Sagarmani reader, Deputy Superintendent of Police Bishwaraj Khadka team still has yet to reach the accident.

Today morning, 7: 50 pm to Jomsom from Pokhara to soar for 9 enaeecaeca two children are on board, 20 passengers and crew Otters had three members. RSS

Post a Comment

 
Top